निर्वाचन प्रक्रिया नरोक्न आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यसअघि नेकपा विवादपछि प्रचण्ड-माधव पक्षले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो ।
मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मीलाई जानकारी दिए ।
थापाका अनुसार प्रधानमन्त्रीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले जानकारी गराएका थिए । उनीहरुले आयोगको तयारी, सुरक्षा, बजेट लगायतका विषयमा जानकारी गराएका थिए । आयोगको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्रीले धन्यवाद दिँदै निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गरेको थापाको भनाइ छ ।
प्रधानमन्त्री र आयोगलबी नेकपा विवादबारे कुनै छलफल नभएको पनि थापाले जानकारी दिए । उनले आयोगले माघ ११ गते गरेको निर्णय र माघ २० मा परेको निवेदनबारे सामान्य जानकारी मात्रै गराएको थापाले बताए ।
निर्वाचनको तयारीका विषयमा छलफल गर्न ओली आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु