मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्तिः मोहन वैद्य

बिहीबार, २९ माघ २०७७, १६ : ५१
बिहीबार, २९ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका छन् । बिहीबार चार कम्युनिष्ट पार्टीहरुको रणनैतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका हुन् ।

सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उनको भनाई छ । उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताए ।

बिहीबार मोहन वैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य, संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य राखेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यले जानकारी दिए ।

मोर्चाले क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने र जनजिविकाको समस्या समाधान गर्न निरन्तर संघर्ष गर्ने पनि उनको भनाई छ । रणनैतिक संयुक्त मोर्चाले पहिलो चरणको आन्दोलन पनि घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार, भोली माघ २९ गते काठमाण्डौमा मोर्चाको घोषणा सभा, फागुन ६ गते बुटवलमा , फागुन १४ गते धनगढीमा, फागुन १८ गते इटहरीमा जनसभासभा गर्ने भनिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप