बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

फिल्म ‘प्रकाश’ निर्माणको घोषणा, प्रदीप र रेनु मुख्य भूमिकामा

मङ्गलबार, ०४ फागुन २०७७, १७ : ५७
मङ्गलबार, ०४ फागुन २०७७

काठमाडौँ । दिनेश राउतको निर्देशन रहने फिल्म ‘प्रकाश’ निर्माण घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो । अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने फिल्म फागुनको दोस्रो साताबाट छायाँकनमा निस्कँदैछ । धनगढीकी रेनुले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । 

फिल्ममा प्रदीप र रेनुको अलवा दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहनेछ । विकास सुवेदीको कथा रहेको फिल्म बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा महेन्द्र अधिकारीले निर्माण गर्न लागेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायाँकन र जिवन थापाको सम्पादन रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप