राष्ट्रियसभाको बैठक साढे ४ बजे बस्ने
बिहीबार, ०३ जेठ २०८१, १५ : ५५
काठमाडौँ । राष्ट्रियसभाको बैठक साढे ४ बजेका लागि सारिएको छ । आज दिउँसो १ः१५ बजेका लागि बैठक बस्ने गरी निर्धारण गरे पनि विशेष कारण देखाउँदै सूचना टाँस गरेर बैठक सारिएको छ ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षले आजै अपराह्न ४ः ३० बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।