मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ

बिहीबार, ०३ जेठ २०८१, १५ : ४५
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् ।  बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकमा प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउने ब्रिफिङ गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै  लामिछानेलाई रोस्टमा जान रोक लगाउँदै आएको थियो । कांग्रेसले लामिछानेलाई आज संसदमा बोल्न दिन तयार भएको प्रधानमन्त्रीले बताएको श्रममन्त्री डीपी अर्यालले रातोपाटीलाई बताए ।

‘सबै राजनीतिक दलसँग मेरो राम्रोसँग कुराकानी भएको छ । पहिलो उहाँ (रवि लामिछाने) ले बोलिसकेपछि समिति बनाउने कुरा अगाडि बढ्छ भन्नु भएको छ,’ उनले भने, ‘आज उहाँ (रवि लामिछाने) बोल्न पाउने विश्वास छ । प्रतिपक्षले बोल्न दिनुहुन्छ भन्नेमा आशावादी छौँ ।’

समिति बनाउने कुरामा आफूहरू सकारात्मक रहेको भन्दै लामिछानेले बोलेपछि निकास निस्किने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप