शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री भलिबल कपः ४ समूह फाइनल प्रवेश

शुक्रबार, ०७ फागुन २०७७, १९ : ५३
शुक्रबार, ०७ फागुन २०७७

पोखरा । पोखरा जारी मुख्यमन्त्री प्रदेशस्तरीय भलिबल कप प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शुक्रबार पोखरा रंगशालामा आयोजित महिला तर्फको सेमिफाइलन खेलमा म्याग्दीले तनहुँलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान प्रवेश गरेको हो ।

म्याग्दीले तनहुँलाई २५–११, २५–१९ र २५–१३ सोझो सेटमा पराजित गदै फाइनल चरणमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा पर्वतले कास्कीलाई ३–० को सोझो सेटमा पराजित गर्दै म्याग्दीसंग फाइनल खेल्ने चरणमा प्रवेश गरेको हो । पर्वतले कास्कीमाथि २५–१५, २५–२३ र २५–१२ को सेटमा जित निकालेको थियो । 

यता पुरुष तर्फको फाइलन खेलमा तनहुँ र स्याङजा प्रवेश गरेका छन् । पहिलो चरणमा भएको सेमिफाइनल खेलमा स्याङजाले पर्वतलाई २५–१९, २७–२५, २५–२१,२५–१९ को सेटमा हराउँदै उपाधि होडमा स्थान सुरक्षित बनाएको छ ।  अन्तिम सेमिफाइनल खेलमा तनहुँले म्याग्दीलाई २५–२१,३२–३०, २५–१४, २५–२० को सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरेका छ । प्रतियोगिता फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २.२ लाख र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । उपविजेताले १.१ लाख पुरस्कार प्राप्त गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।  त्यस्तै तेस्रो हुने टोलीले ५०÷५० हजार प्राप्त गर्ने छने । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप