प्रधानमन्त्री ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव
धनुषा । नेकपा प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार जनकपुरधाममा निकालिएको विजय जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्नेमा जोड दिए ।
पूर्वमन्त्री समेत रहेका झाले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरि परास्त गरेर देखाएको दाबी गरे । नेता झाले अब नेपाली राजनीतिमा ओलीको कुनै काम नरहेकोले राजनीतिबाट सन्यास लिन सुझाव दिए ।
‘पार्टीले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ’ झाले भने, ‘इज्जत जोगाउन भए पनि राजीनामा दिनुस्, पार्टीले समेत कारबाही गरि सकेकाले बालकोट गएर भुजा फाँक्नुस् ।’ त्यस्तै सो पार्टीका धनुषा इन्चार्ज श्रवण यादवले प्रतिगमन पक्षधरहरुको हार भएको र अग्रगमन पक्षधरहरुको जित भएको बताए । जनकपुरधामस्थित पार्टी कार्यालयबाट निस्केको विजय जुलुस नाराबाजी गर्दै जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
अम्बिका र शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक
-
तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाइने, इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा