भेटियो लेडी गागाको चोरिएका कुकुर, भेट्ने व्यक्तिका लागि राखिएको थियो पाँच करोड बढी इनाम
हलिउड नायिका तथा चर्चित गायिका लेडी गागाको घर बाहिर हमला गरेर चोरिएको कुकुर भेटिएको छ । लस एन्जलस प्रहरीले एक महिलाले लेडी गागाको दुबै कुकुरलाई ओलम्पिक कम्युनिटी पुलिस स्टेशनमा लिएर आएको जानकारी दिए । हराएका कुकुरको नाम कोजी र गुस्ताव हो ।
त्यसपछि प्रहरीले लेडी गागाका प्रवक्तालाई बोलाएर हराएको कुकुरबारे पुष्टि गरे । यद्यपि, लेडी गागाको कुकुर कुनै उद्देश्यले चोरिएको थियो र ती महिलासँग कसरी आइपुग्यो भनेर केही जानकारी छैन । प्रहरी अनुसन्धानमा जुटेको छ ।
बुधबार राती एक बन्दुकभारीले लेडी गागाका तीनवटा कुकुरलाई बाहिर डुलाउन लगेका व्यक्तिलाई गोली हानी कुकुर अपहरण गरेका थिए । गोली लागेका व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ भने तीनमध्ये एउटा कुकुर भाग्न सफल भएको थियो । कुकुर हराएपछि लेडी गागले आफ्ना कुकुरहरु खोजिदिने व्यक्तिलाई पाँच लाख डलर इनाम दिने घोषणा गरेकी थिइन् ।
आफ्ना कुकुर भेटिएपछि लेडी गागाले खुसी व्यक्त गरेकी छिन् र आफ्नो ज्यान जोखिममा पारेका कारण रायन फिशरलाई धन्यवाद भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण