तीन घण्टामा ४५ हजार राजश्व
सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा दैनिक दुर्घटनाका घटनाहरु घट्ने गरेका छन् । बढ्दो सवारी चाप र साँघुरो, धुलाम्मे सडकका कारण पनि दुर्घटना हुने गरेका छन् । तर, ट्राफिक प्रहरी घटनाहरु घट्न नदिन सक्रिय भएको छ ।
सवारी–साधनलाई नियमन गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । शुक्रबार ट्राफिक प्रहरीले तीन घण्टामा मात्रै ४५ नियमविपरीत सवारी–साधनबाट राजश्व संकलन गरेको छ । मापदण्डविपरीत सञ्चालन भएका २८ वटा सवारी–साधनलाई कार्बाही गर्दा सो राजश्व संकलन गर्न सफल भएको हो ।
मुख्य सुर्खेत–दैेलेख सडकखण्डमा सञ्चालन हुदै आएका सम्पुर्ण साधनको अनुगमन चेकजाँचका क्रममा त्यी सवारीहरू मापदण्ड विपरीत सञ्चालन भएको पाईएको हो,’ ट्राफिक प्रमुख उपेन्द्र आचार्यले भने ।
ट्राफिक कार्यालय र यातायात व्यवस्थापन कार्यालय सुर्खेतले शुक्रबार संयुक्त रुपमा चेकजाँच गरेका थिए । चेक जाँचमा यात्रु बाहेक सवारी साधनको भाडादर,कागजपत्र,सवारी साधनको अवस्था,सिट क्षमता बढी यात्रु राख्ने, मालवाहक सवारी साधन प्रयोजन विपरित प्रयोग गरिएकालाई कार्बाही गरिएको थियो । नियमित चेक जाँचले सडक दुर्घटनामा कमी आउने ट्राफिक कार्यालयले जनाएको छ ।
यात्री ठगिनबाट जोगिन्छन् । क्षमता भन्दा बढी यात्रु बोक्ने काम हट्ने यात्री सुरक्षित रहने विश्वास लिएको छ । यात्रामा केही सास्ती भएपनि यात्रा सुरक्षित रहने भएकोले चेकजाँचलाई नियमित लागु गर्नुपर्ने यात्री बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा