ad
केन्द्रीय संस्करण

परराष्ट्र मन्त्रालयले १० वटा पुराना गाडी बिक्री गर्दै

person explore access_timeफागुन १७, २०७७ chat_bubble_outline0

काठमाडौं । परराष्ट्र मन्त्रालयले १० थान पूराना सवारी साधन बिक्री गर्ने भएको छ । मन्त्रालयले मोटरसाइकल एकथान र अन्य कार्यालय सम्बन्धि मालसामान पनि बिक्रीमा राखेको छ ।  लिलामी बिक्री सोझै वार्ताद्धारा हुनेछ । वार्ता प्रक्रियामा भाग लिन इच्छुक व्यक्ति, फर्म वा संस्थाले सूचना प्रकाशित भएको सोह्रौ दिन मध्यान्ह १२ बजेभित्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा सम्पर्क गर्नुपर्नेछ ।  

वार्तामा सहभागी भएर सामान सकार गर्न रकम कबोल गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफुले बोलकबोल गरेको रकमको १३ प्रतिशत मूल्य अभिबृद्धि कर समेत जोडेर आउने रकमको १० प्रतिशत नगदै धरौटी बुझाउनुपर्नेछ । रकम जममा नगरेसम्म बोलकबोल रकमलाई मान्यता नदिने मन्त्रालयले जनाएको छ ।  सरकारी सवारी साधन कवाडीको रुपमा फाल्ने र वर्षेनी नयाँ सवारी साधन किनेर राज्य कोषको चरम दुरुपयोग भएको भन्दै आलोचना हुँदै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.