नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन आवश्यक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता औँल्याएका छन् । सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नेपालमा राजनीतिक परिवर्तनहरु भएपनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । अहिले पनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उनको तर्क थियो ।
मन्त्री श्रेष्ठले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरीय अधिकारसम्पन्न कार्यदल बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री श्रेष्ठले अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर गरे । संसदबाट समस्याको समाधान ननिस्किने उनको भनाइ छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पारे । सरकार हिजो भन्दा अहिले झनै शक्तिशाली भएको उनले दाबी गरे । दिक्षान्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिबिए बिषय सँग सम्बन्धित ६४ जना विद्यार्थीहरुलाई मन्त्री श्रेष्ठको हातबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा