जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै
मङ्गलबार, १८ फागुन २०७७, २२ : ३६
काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।
महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए र गरेका कार्यबारे प्रस्तुतिकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ । सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण