काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले अहिले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस अहिले सरकारमा जान नहुने बताए ।
उनले भने, “जनताले कांग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षमा देख्न चाहेका हुन् । त्यहीअनुसार प्रतिपक्षमै बस्नुपर्छ भन्ने मेरो धारणा हो ।” काँग्रेसले अरुलाई सरकारमा सहयोग गरेर बाहिर बस्नुपर्ने उनको भनाइ थियो । उनले थपे “अरुलाई सहयोग गर्ने भन्दैमा देशलाई सङ्कटमा राख्नेसँग नभई अरूसँग सहकार्य गरेर अघि बढ्नुपर्छ ।”
प्रधानमन्त्रीले संसद् विघटन गराएकाले राजनैतिक नैतिकताको दृष्टिले पनि प्रधानमन्त्रीलाई साथ दिन नसकिने बताए ।
उनले भने, “कांग्रेस अब आउने दुई वर्षपछि नेपाली जनताको जनादेश बोकेर सरकारमा जान्छ ।” कांग्रेसले प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।
उनले नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको सहमति स्वागतयोग्य भए पनि हतियारका बारेमा सम्झौता नहुनलाई अर्थपूर्णरुपमा काँग्रेसले लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा