शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीहरुले बनाउँदै इलेक्ट्रिकल भेइकल, गोल्छा ग्रुपद्वारा सहयोग

सोमबार, ०२ चैत २०७७, १० : ५६
सोमबार, ०२ चैत २०७७

थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाइरहेका छन् । उनीहरुले यो इभी भेइकल आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाइरहेका  हुन् ।
अहिले गाडीको चेसिस मात्र तयार भएको छ । विद्यार्थीहरुका अनुसार कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । ‘सिरेटो’ नाम दिइएको टीमले प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तन जस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनाका साथ गाडी बनाउन लागेका हुन् । 

सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिने हुँदा सोहीअनुसार विद्यार्थीहरुले पनि तयारी गरेका हुन् ।

सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् । फ्याकल्टी एडभाइजर सुबोध कुमार घिमिरेको सल्लाह र सुझाब लिँदै मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा अनि अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशनको विषय पढिरहेका स्वर्णिम श्रेष्ठ राम्रो र उत्कृष्ट निर्माणमा लागि लागेका हुन् ।

यसैबीच यस कार्यका लागि गोल्छा ग्रुपको सि.एस.आर कम्पनीले सहयोग गरेकोे छ । गोल्छा ग्रुपले सधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएकाले यसमा पनि सहयोग गरेको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप