नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म खरिद गर्न सकिन्छ ?
बुधबार, ११ चैत २०७७, १३ : ४५
नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाइस कित्ता शेयर बिक्री हुने भएको छ ।
बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मुल्य रु. १ हजार ५ सय दुई रुपैयाँ पचास पैसा तोकिएको छ । शेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरीद गर्न विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ ।
इच्छुकले चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडमार्फत सिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
-
स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे
-
‘गर्भपतन गर्नु कुनै ‘पाप’ होइन’
-
शीर्ष स्थानमा रहेको कोलकातालाई दौडबाट बाहिरिएको मुम्बईको चुनौती
-
काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर