शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रवि र समीक्षाको ‘पाउडर किरिममा’ सार्वजनिक

बुधबार, १८ चैत २०७७, १८ : २२
बुधबार, १८ चैत २०७७

काठमाडौं । नेपाल आइडल प्रतियोगी गायक रवि ओड र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘पाउडर किरिममा’ सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा भने भने पुष्प खड्का, रवि ओड, प्रियंका आचार्य  र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ ।

मौसम हिमालको  निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप