शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘अनन्त’मा कर्मा र लक्ष्मीको जोडी

आइतबार, २२ चैत २०७७, १२ : ४६
आइतबार, २२ चैत २०७७

काठमाडौँ । फिल्म ‘अनन्त’ निर्माण हुने भएको छ । फिल्ममा अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी वर्देवा जोडीको रुपमा देखिँदैछन् । फिल्मको सुटिङ शनिबार भक्तपुरदेखि सुरु भएको हो । 

लक्ष्मीले फिल्मको कथा राम्रो भएकोले अभिनय गर्न लागेको बताइन् । ‘यो लकडाउनको समयमा मैले कम्तीमा दश वटा जति स्क्रिप्ट पढें । कति पैसामा कुरा नमिलेर गरिनँ, कति भूमिका । यसको कथा र टिम मन परेर काम गर्ने निर्णय गरे,’ लक्ष्मीले भनिन् । 

टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन् । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले फिल्मले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए ।

२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा निस्किएको  फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्मलाई बबिन दुलालले खिच्ने छिन् ।

नव विजय श्रेष्ठको निर्माण, रुपमा रन्जन ढुंगाना र शीतल खड्काको सह निर्माण रहने फिल्मको निर्माता तेजबहादुर श्रेष्ठ र दीपेश राउत रहेका छन् । 

फिल्म काठमाडौंमा करण श्रेष्ठ र जीजीएग्रुप मिलेर वितरण गर्ने फिल्म क्रियाकलाप प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप