'वुमन इन कन्सर्ट' अमेरिकाको दुई शहरमा सम्पन्न, अझै सात स्थानमा बाँकी
अमेरिका - वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रम सिनसिनाटीमा अक्टोबर ७ र सेन्ट लुइसमा अक्टोबर ८ तारिखमा सम्पन्न भएको छ ।
दुई वटा शहरमा कार्यक्रम प्रस्तुत गरे पछि अभया एण्ड द स्टीम ईन्जनस् ब्याण्ड (संगीत मण्डली), गायिका आस्था राउत र पूर्व नेपाल सुन्दरी मलिना जोशी उत्साहित भएका छन् ।

अमेरिकाका एट्लान्टा, बोस्टन, न्युयोर्क, वाशिंगटन डिसी, बाल्टिमोर , ड्यालस, ओकलाहामासहित ७ वटा शहरमा प्रस्तुति बाँकी नै छ ।

सेन्ट लुइसमा भएको कार्यक्रममा समाजमा योगदान गर्ने ७ जना महिलाहरुलाई सम्मान गरियो । सम्मानित हुनेमा लिवा खतिवडा, उर्मिला पन्थी, प्रमिला तिवारी, बिज्ञा खड्का, डा. पूजा गुरुङ, रेखा शर्मा तथा बन्शिखा खड्का छन् ।

भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूह को पहलमा कार्यक्रम सञ्चालन गरिएको हो ।
एट्लान्टामा अक्टोबर १५ , बोस्टनमा अक्टोबर १७, न्युयोर्कमा अक्टोबर २०, वाशिंगटन डिसीमा अक्टोबर २१, बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ मा कार्यक्रम हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण