शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

'वुमन इन कन्सर्ट' अमेरिकाको दुई शहरमा सम्पन्न, अझै सात स्थानमा बाँकी

बुधबार, २५ असोज २०७४, ०९ : २९
बुधबार, २५ असोज २०७४

अमेरिका - वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रम सिनसिनाटीमा अक्टोबर ७ र सेन्ट लुइसमा अक्टोबर ८ तारिखमा सम्पन्न भएको छ । 

दुई वटा शहरमा कार्यक्रम प्रस्तुत गरे पछि अभया एण्ड द स्टीम ईन्जनस् ब्याण्ड (संगीत मण्डली), गायिका आस्था राउत र पूर्व नेपाल सुन्दरी मलिना जोशी उत्साहित भएका छन् ।

अमेरिकाका एट्लान्टा, बोस्टन, न्युयोर्क, वाशिंगटन डिसी, बाल्टिमोर , ड्यालस, ओकलाहामासहित ७ वटा शहरमा प्रस्तुति बाँकी नै छ । 

सेन्ट लुइसमा भएको कार्यक्रममा समाजमा योगदान गर्ने ७ जना महिलाहरुलाई सम्मान गरियो । सम्मानित हुनेमा लिवा खतिवडा, उर्मिला पन्थी, प्रमिला तिवारी, बिज्ञा खड्का, डा. पूजा गुरुङ, रेखा शर्मा तथा बन्शिखा खड्का छन् ।

भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूह को पहलमा कार्यक्रम सञ्चालन गरिएको हो । 

एट्लान्टामा अक्टोबर १५ , बोस्टनमा अक्टोबर १७, न्युयोर्कमा अक्टोबर २०, वाशिंगटन डिसीमा अक्टोबर २१, बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ मा कार्यक्रम हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप