सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिक अस्पतालमा नेपालकै ठूलो ट्यूमर वोर्ड गठन

सोमबार, २३ चैत २०७७, १९ : ०४
सोमबार, २३ चैत २०७७

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपालकै ठूलो ट्युमर बोर्ड गठन भएको छ । क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा सम्भावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्युमर बोर्ड गठन भएको हो ।  क्यान्सरका बिरामीलाई सम्भावित उत्तम उपचार विधिमा समावेश गर्ने हेतुले गठित ट्युमर बोर्डमा हाल २३ जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । बोर्डको आकार बढाउँदै लगिने अस्पतालले जनाएको छ । यस्तो अभ्यास यूरोप÷अमेरिकाका स्तरीय अस्पतालहरुमा समेत हुने गर्छ । 

बोर्डमा नर्भिकका अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, गाइनेकोलोजिस्ट, जनरल तथा जीआई सर्जन, पेड्राटिसियन, न्यूरोलोजिस्ट लगायतका विशेषज्ञ चिकित्सकहरुको सहभागिता छ । यस्तो टिममा अस्पतालको प्रशासन र व्यवस्थापनबाट समेत प्रतिनिधित्व हुने गर्छ । 

कुनै फरक खालको क्यान्सरको बिरामीको समस्या तथा त्यसको सही उपचार विधिको पहिचानका लागि समेत यस्ता खाले बोर्डमा छलफल हुने गर्दछ । बोर्डमा सहभागी विभिन्न विशेषज्ञ डाक्टरहरुको राय भिन्न भिन्न आउने भएकोले यस्तो समस्याको उपचारमा सबैभन्दा उत्तम विधिमा जान सकिने चिकित्सकहरु बताउँछन् । 

नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा.राजीव झाकाअनुसार बोर्डमा सहभागी विशेषज्ञहरूले कुनै बिरामीको सही उपचार योजनाको विषयमा साप्ताहिक रुपमा छलफल गर्ने गर्दछन् । कुनै एक विशेषज्ञले हेरिरहेको केसलाई सामूहिक रुपमा हेर्ने गरिन्छ र उपचार विधिलाई अझ गुणस्तरीय बनाउने कोशिश गरिन्छ । बोर्डमा कुनै बिरामी, उसको समस्या, भइरहेको उपचार विधि, उसका विभिन्न मेडिकल रिपोर्टहरूको विषयमा समेत छलफल हुने डा.झा बताउँछन् । 

‘विश्वमा हरेक दिन ट्युमर तथा क्यान्सरको उपचारको विषयमा रिसर्चहरु भइरहेका हुन्छन् । विभिन्न इन्भेष्टिगेसनबाट फरक–फरक रिजल्टहरु पनि आइरहेका हुन्छन् ।’ डा. झाले भने– ‘उपचारका विधिहरु पनि नयाँ–नयाँ आइरहेका हुन्छन् । अन्य देशमा अभ्यासमा ल्याइने आधुनिक विधिहरूलाई कसरी भित्र्याउने वा त्यस्तै ढंगले कसरी यहाँ उपचार गर्न सकिन्छ भन्ने जस्ता विषय पनि बोर्डमा छलफल हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप