आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

आइतबार, १४ असार २०८३, २० : १२
आइतबार, १४ असार २०८३

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँबाट दुई जना, दाङ र रूपन्देहीबाट एक/एक जना, कैलालीका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । गोरखाबाट दुई जना, बाँके र दार्चुलाबाट एक/एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुनसरीबाट दुई, धनकुटाबाट पाँच, मोरङ र सिन्धुलीबाट एक÷एक जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप