सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट
बिहीबार, २६ चैत २०७७, २० : १०
सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका– २ स्थित सिस्नेरीमा आगलागी हुँदा नौ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट नौ वटै फुसका छाना पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।
सिस्नेरी बस्तीमा १८ घरधुरी रहेका छन् । उनले भने ,‘आगो सिस्नेरी सामुदायिक वनका लागेको हो । नजिकै बस्ती भएकाले तत्काल आगो नियन्त्रण गर्न नसक्दा बस्तीमा आगो पसेको हो ।'
आगो नियन्त्रण गर्न प्रहरी र स्थानीय तत्काल खटिएका थिए। दिउँसो ४ बजे सुरु भएको आगलागी करिब एक–डेढ घण्टापछि नियन्त्रणमा आएको बताइएको छ।
'आगलागीबाट मानविय क्षती भने केही भएको छैन् । क्षतिको विवरण आउन समय लाग्ने छ,’ घर्तीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)