भैसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास तयार हुँदै
सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम तीव्र गतिमा अगाडि बढेको छ । सरकारले मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको भैँसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको काम धमाधम भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालयको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।
लकडाउनको अवधिमा पनि काम भएका कारण तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताउनुभयो । उहाँले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको निवास एवं सम्पर्क कार्यालय भवन निर्माणको काम आशालाग्दो ढंगले अगाडि बढेको बताए । हाल २७ रोपनी १३ आना क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण भइरहेको छ ।
जसअन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र ४ रोपनी १२ आनामा पार्किक तथा हरियाली क्षेत्र हुनेछ । पहिलो चरणमा हाल भवन निर्माणको काम भइरहेको छ । आयोजनाका सिनिरियर डिभिजन इन्जिनियर प्रमोद कर्माचार्यले आगामी ६ महिनाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको बताउनुभयो ।
हाल सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा भवन निर्माण भइरहेको छ । प्रत्येक ब्लकमा दुईवटा भवन रहेका छन् । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा