सानिमा बैंकको नयाँ वर्ष योजनाः दराजमार्फत सामान किन्दा २० प्रतिशत छुट
शुक्रबार, २७ चैत २०७७, १४ : ०६
काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ‘नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ ।
अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकले यस्तो योजना सार्वजनिक गरेको हो । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट मिल्ने बैंकले जनाएको छ ।
यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम् १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ ।
छुट सम्बन्धि सम्झौतामा बैंकका डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराजका अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा