एमालेहरुले अर्को मदन भण्डारी भेटियो भनेपछि ओली आत्तिएः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा हुँदा आफूलाई एमालेका नेता कार्यकर्तानै पार्टीमा नयाँ अर्को मदन भण्डारी भेटियो भनेर उत्साहित दावी गरेका छन् । एमाले कार्यकर्ताले प्रचण्डमाथि ठूलो विश्वास गरेपछि केपी ओलीले प्रतिगामीहरुसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको उनको दावी छ ।
नेकपा माओवादी केन्द्र कर्णाली सम्पर्क समितिद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेकपामा बलियो हुँदै गएपछि ओलीले प्रतिक्रान्तिकारीहरुसँग मिलेर षड्यन्त्र गरेको आरोप लगाए ।
‘कमरेड तपाईँले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो । पार्टीमा हाम्रो यस्तो कमाण्ड देखेपछि ओली अत्तालिए । अनि जालझेल सुरू गरे’, प्रचण्डले भने ।
उनले ओली सरकारलाई कुनै पनि हालतमा निरन्तरता दिन नहुने भन्दै काँग्रेसले सरकार ढाल्न तत्परता देखाएको र जसपाले पनि पार्टीमा छलफल गर्छु भनेकाले केही दिनमै नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरे ।
उनले विभिन्न पार्टीहरूसँग मोर्चा बनाएर ओलीलाई विघटनतर्फ पुर्याउने चेतावनी समेत दिए । ‘एमालको एउटा पक्षसँग हाम्रो मोर्चा छदैछ । हाम्रो पुरानो लभ छँदैछ । जसपासँग हाम्रो वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्नसक्छ । काँग्रेससँग कम्तिमा सरकार गठनमा सहकार्य र चुनावी तालमेल हुनसक्छ । अनि, ओली चौथो हुन्छन् र विघटनतर्फ जान्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै