विश्व हिन्दु महासंघको कार्यालयमा चोरी प्रयास
सोमबार, ३० चैत २०७७, १३ : ५५
काठमाडौं । विश्व हिन्दु महासंघको कार्यालयमा गएराति चोरी प्रयास भएको छ । महासंघले कार्यालयमा तोडफोड भएको दावी गर्दै प्रहरीलाई खबर गरेपनि चोरीको प्रयास भएजस्तो देखिएको बताइएको छ । महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले महासंघको बाँसबारीस्थित कार्यालयको ताला फोडिएको भेटिएको बताए । उनले गएराति चोरी गर्ने उद्देश्यले ताला फोडिएजस्तो देखिएपनि यसबारे थप अनुसन्धान भइरहेको बताए ।
महासंघका प्रतिनिधिले भने कार्यालयमा तोडफोड भएको दावी गरेका छन् । तर प्रहरीले ताला मात्रै फोडिएको र अरु केही क्षति भएको नदेखिएकाले चोरीको प्रयास मात्रै भएको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको बताएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण