नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्न बाटो खुल्यो
सोमबार, ३० चैत २०७७, १७ : ०२
काठमाडौं । नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न योग्यता नपुगेको दावी गरेर दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले रिट खारेजको निर्णय गरेसँगै नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो ।
सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीश पदमा ५ वर्ष काम नगरेको भन्दै उनको योग्यतामाथि प्रश्न उठाइएको थियो । सुवेदीले उच्चको मुख्य न्यायाधीश पदमा ३ वर्ष २ महिना ३ दिन मात्र काम गरेका छन् ।
न्यायाधीश तेजबहादुर केसीले सोमबार रिट खारेज गर्ने फैसला गरेका हुन् । बरिष्ठ अधिवक्ता वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले न्याय परिषद्को सचिवालय समेतलाई विपक्षी बनाएर रिट हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण