गण्डकीमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइनोस्टिक प्रालिमा गरिएको परीक्षणमा थप ८० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
संक्रमितहरुमा सबैभन्दा धेरै पोखराका ५५ जना रहेका छन् । तीमध्ये पोखरा ८ मा ९ जना, १७ मा ७ जना रहेका छन् । बाँकी अन्य वडाका रहेका छन् । योसँगै पोखरा सहित कास्कीमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ९६३ पुगेको छ ।
हालसम्म कास्कीमा ८ हजार ३०७ जना कोरोना मुक्त भएका छन् । हालसम्म कास्कीमा कोरोनाका कारण ११८ जनाको मृत्यु भएको छ । यसैगरी म्याग्दीमा ११, नवलपरासी पूर्वमा ५ जना, स्याङजाका ४, पर्वतका ३, लमजुङ र तनहुँका एक, एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४८८ पुगेको छ । अहिलेसम्म प्रदेशमा १६ हजार ५ सय ३१ जना निको भएका छन् । कोरोनाका कारण प्रदेशमा हालसम्म २११ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण