केन्द्रीय संस्करण
स्वास्थ्य–वार्ता

‘अस्पतालले भीड नियन्त्रण गर्न सक्दैन, नर्स र डाक्टर संक्रमित हुन थालिसके’

person explore access_timeबैशाख १४, २०७८ chat_bubble_outline0

पछिल्लो समय काठमाडौंका अस्पतालहरुमा खोप लगाउनेहरुको भिडभाड अत्यधिक बढेको छ । खोप लगाउनेहरू मात्रै होइन, कोरोनाबाट संक्रमित भएर अस्पताल जाने बिरामीहरुले बेडसमेत पाउन छाडेका छन् ।

कोरोनाको लक्षण देखिनासाथ अस्पताल जान आग्रह गरिरहेको सरकारले समयमै उचित व्यवस्थापन गर्न नसकेमा संकट राज्यको नियन्त्रणबाट बाहिर जाने चिकित्सकहरुले चेतावनी दिन थालेका छन् ।

यसै सन्दर्भमा हामीले निजी अस्पतालका रुपमा रहेको चाबहिलस्थित ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीसँग अस्पतालमा देखिएको भिडभाड र स्वास्थ्य संस्थाहरुले भोगिरहेका समस्याबारे छोटो कुराकानी गरेका छौं ।

प्रस्तुत छ, डा जोशीसँग रातोपाटीले गरेको संक्षिप्त वार्ता–

पछिल्लो समय विभिन्न अस्पतालहरुमा कोभिड १८ विरुद्ध खोप लगाउने मानिसहरुको भिडभाड थामिनसक्नु बढेको छ, यस्तो किन भएको होला ?

संक्रमण पिकमा पुग्नु अगाडि हामीले पनि यहाँ (ओम अस्पतालमा) १५ दिन भ्याक्सिन लगायौं । दोस्रो चरणको खोप पनि लगायौँ, चाइनिज पनि लगायौँ । तर, चाइनिज खोप लगाउँदा आमसभामा मानिस आएको जस्तो भीड भयो ।

अस्पतालमा हुने यस्तो भीडभाडलाई व्यवस्थित गर्न सकिँदैन ?

राज्यले भनेका मापदण्डहरु त्यो भिडमा गएर मिलाउनलाई सम्भवै भएन । राज्यले दिएको र हामी आफैंले पालना गर्नुपर्ने बेसिक नियममा पनि हामी बसेनौं क्या ।

यसमा कमजोरी चाहिँ कसको हो त ? नागरिकहरु त  कोरोनासँग डराएर खोप लगाउन आए । तर, यो भिडको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी कसको ?

खोप राज्यको अभियान हो । राज्यको अभियानमा हामी प्राइभेट सेक्टरले सपोर्ट गर्‍या हो । हामीले मेनपावर दियौँ, स्थान दियौँ । सबै चिज हामीले दिइसक्दाखेरि मासलाई कन्ट्रोल गर्ने जिम्मा पनि अस्पतालले नै लिनका लागि त अतिरिक्त जनशक्ति पनि चाहियो र त्यो त कुनै अस्पतालसँग हुँदैन । हस्पिटलको कानूनमा पनि त्यो हुँदैन । तर, यो पनि पालना भइदिएन क्या ।

उसोभए अस्पतालमा देखिएको भिडको व्यवस्थापन सरकारले, सुरक्षा निकायले गर्नुपर्ने हो ?

कसले गर्ने, कसरी गर्ने भन्ने स्पष्टै छ । हामीलाई त भ्यासिन दिनुभो, एक/दुई ठाउँमा जनशक्ति पनि दिनुभयो । प्राइभेट अस्पतालहरुलाई रजिष्ट्रेसनका लागि कोही–कोही स्वयंसेविकाहरु पनि दिनुभो । नदिएको भन्दिनँ म, दिनुभयो उहाँहरुले । उहाँहरु (सरकार) सँग पनि पर्याप्तरुपमा स्वयंसेवकहरू थिएनन् पनि होला । तर, यत्रो अभियानमा एउटा व्यवस्थित अभियान गरिदिएको भए यत्रो संक्रमण पनि हुँदैनथ्यो होला ।

किनभने, एक हजार मान्छे एउटा लाइनमा बस्नु भनेको त्यसमा १०÷१५ जना संक्रमित हुने निश्चित हो । मैले बुझेसम्म त त्यहाँ आउट सोर्सिङबाट खटिएका सुरक्षा गार्ड पनि संक्रमित भएको पाइयो । ऊ घरबाट संक्रमित भएर आयो वा हुलले संक्रमित गरायो अथवा अस्पतालबाट संक्रमित भयो, त्यो थाहा भएन । तर, संयोग कस्तो हुन गयो भने त्यही बेलामा संक्रमण भयो ।

अस्पतालहरुमा भएको भिडलाई व्यवस्थापन गर्न सरकारले सुरक्षाकर्मी खटाउने वा राजनीतिक दलका कार्यकर्ताहरूले स्वयंसेवा गरेको भए पनि हुन्थ्यो कि ?

हुन त त्यो पनि राम्रो हुन्थ्यो । हाम्रो भनाइ भनेकै त्यो भइदिएन भन्ने हो क्या । त्यो भैदिएन । हाम्रो अस्पतालमा त अहिले खोप लगाइएको छैन, यहाँ बन्द भइसक्यो ।

अस्पतालमा भीडभाडका साथ खोप लगाइरहेका आम सर्वसाधारणलाई चाहिँ तपाई एकजना चिकित्सकका नाताले के भन्नुहुन्छ ? उहाँहरु खोप पाइँदैन भनेर आत्तिनुभएको हो कि ?

यो हल्लै हल्लामा चलेको देश हो । राज्यले पनि निश्चितरुपमा सुसुचित गरेन । साना–साना सञ्जालहरुमा पत्रहरू पठाएर एउटा ग्रुपलाई मात्र भनियो, कहिले कसलाई भनियो । यो अलिकति राम्रोसँग सञ्चार पनि भएन । यस्तो भएपछि मानिसहरुलाई के भयो भने खोप सकिइहाल्छ कि ? केही दिनमा बन्द पो हुने हो कि ? यसमा अलिकति स्पष्ट नभएका कारणले पनि यस्तो भएको हो ।

अहिले जब संक्रमणको दर ह्वात्तै बढ्यो, अनि खोप लगायो भने च्वाट्टै निको भइहाल्छ वा कोरोनाले छुँदै छुँदैन भन्ने लागेर पनि भीड बढेको हो कि ?

हो । कतिपय इण्डियाको मिडियामा, विदेशको मिडियामा पनि यति डोज लगाएपछि यति प्रतिशत इफिसियन्सी, दोस्रो लगाएपछि यति इफिसियन्सी भनेर मानिसहरुले गुगलमा, समाचारमा पढे । त्यसपछि हामी पनि छुट्छौं कि, खोप लगायो भने बाँच्छौं कि भन्ने पनि हुन्छ, यो मानवीय कुरा हो ।

हामीले ओम अस्पतालमा पहिला चाइनिज भ्याक्सिन शुरु गर्दाखेरि पहिलो दिनमा झण्डै–झण्डै सय जना पनि थिएनन् । तर, पर्सिपल्टदेखि त थाम्नै नसक्ने भिड भयो । मान्छेले रिभ्यु गरे होलान्, सुने होलान् ।

अस्पतालमा भइरहेको भिडलाई सम्बिन्धत निकाय, अर्थात सरकारले तत्काल व्यवस्थित गर्नुपर्छ भन्ने निश्कर्ष निकाल्दा हुन्छ ?

व्यवस्थित गर्नुपथ्र्यो, गर्नुपर्छ । अब यसबाट पाठ सिकेर जनमानसको सुरक्षा राम्रोसँग मिलाउनुपर्छ ।

तपाई कार्यरत ओम अस्पतालको कुरा गर्दा अहिले अस्पतालले व्यहोरिराखेका समस्याहरु के हुन् ? यहाँ कोरोना संक्रमितको चाप कति बढेको छ ?

कोरोनाको चाप त पूर्वानुमानित नै थियो । स्वास्थ्य मन्त्रालयले पनि आफ्नो प्रक्षेपण गरेकै थियो कि बैशाख १५ पछि भयावह अवस्था आउँछ । तर, मानिसहरुले यसलाई एकदमै हल्का रुपमा लिइदिए । गत वर्षको पिक टाइम पार भएपछि केही महिना एकदमै ‘रिल्याक्स’ भयो । मान्छेहरुले त्यति गम्भीरतापूर्वक लाइदिएनन् । त्यसले गर्दा अहिले एकैचोटि संक्रमण बढ्यो ।

प्राइभेट सेक्टरको हाम्रो अस्पतालको मात्रै कुरा गर्दा पनि हामी एकैचोटि ‘फुल्ली अकुपाइड’ भयौं । अहिले आइसोलेसन वार्ड पनि प्याक छ, आइसीयु पनि प्याक छ । हामीसँग ६/८ वटा भेन्टिलेटरहरु छन् । १० वटा आइसीयु बेड कोभिडलाई छुट्याइएको छ । त्यस्तै १४ बेड आइसोलेसन रन भइराखेको छ । योभन्दा बढी त एउटा प्राइभेट हस्पिटलले गर्न सक्दैन ।  

टेकुको सरकारी अस्पतालकै उदाहरण लिनुभयो भने पनि उहाँहरुसँग १०र११ वटाभन्दा बढी भेन्टिलेटर छैन । उहाँहरुले पनि २० वटै बेडको अहिले आइसीयु चलाइरहनुभएको छ ।

तर, हाम्रो प्राइभेट अस्पतालमा बहुउपचार हुने भएकाले अरु विषयका डिपार्टमेन्टहरु हामीले चलाउन नसकेको हुनाले रेसियो अनुसार सीमित बेडहरु मिलाएर आइसोलेसन वार्डहरु चलाइरहेका छौं ।

बेड भएर मात्रै केही काम लागेन नि । काम गर्ने जनशक्ति चाहियो नि । डाक्टर चाहियो, नर्सहरु चाहियो । यो त हामी पु¥याउनै सक्दैनौं । डाक्टर मात्रै भएर भएन, एकदम दक्ष डाक्टर चाहियो । आइसीयु व्यवस्थापन गर्नुप¥यो ।

सबैभन्दा कम उमेरको संक्रमित भनेको २६ महिनाको बच्चामा देखियो । २६ महिनादेखि ४३ वर्षसम्मको बच्चामा रिपोर्टेड केस भइसक्यो । अहिलेको हाम्रो समस्या भनेको सीमित बेड, सीमित सामग्रीहरु अनि सीमित म्यानपावर अर्थात जनशक्ति नै हो ।

अस्पतालमा जनशक्तिको अवस्था चाहिँ कस्तो छ ?

अहिले आएर एकदमै डरलाग्दो र सबभन्दा भयावह समस्या भनेको नर्सिङ स्टाफ र डाक्टरहरु संक्रमित हुन थाले । हाम्रो अस्पतालमा अहिले नै ४÷५ जना डाक्टर र ८÷९ जना नर्सहरुको पोजेटिभ रिपोर्ट आइसक्यो ।

यो भएपछि त हामीले रिप्लेसमेन्ट गर्नलाई पनि गाह्रो हुन्छ । एउटा डाक्टरको रिप्लेसमेन्टमा अर्को डाक्टर त तुरुन्तै ल्याउन सकिँदैन । तर, हामीले जे सक्छौं, त्यो गरिराखेका छौं ।

यहाँहरुको अस्पतालमा रहेका कोरोनाका बिरामी कुन उमेर समूहका बढी छन् ?

पहिलो त कुनै न कुनै रुपका दीर्घरोगीहरु हुने नै भए । तर, अहिले ४० वर्ष भन्दा मुनिका मानिसहरुमा चाँडो–चाँडो संक्रमण भएको देखेको छु मैले । धेरै संख्या युवाहरुको छ ।

खोप लगाउने ठाउँमा भिड बढिराखेको र अस्पतालहरुमा बेडको अभाव हुन थालेको अहिलेको अवस्थामा यहाँले सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?

सरकारले त जनतालाई सचेत गराउनुप¥यो । लकडाउन कुनै समाधान त हैन, तर मानिसहरुको सोसियल डिस्ट्यान्सिङ र मास्क लगाउने गर्नुप¥यो । कुनै ठाउँमा १५ जना जान पाइने भन्ने जुन कुरा छ, त्यो भिड भनेको व्यक्ति आफैंले भोग्नुपर्ने कुरा हो ।  जमघट, हुल कम गर्न र कोभिडको चेन ब्रेक गर्नलाई पनि यो दुई हप्ता मुभमेन्टलाई रोक्नुप¥यो क्या । होइन भने भोलि राज्यले पनि थेग्न सक्दैन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.