५ सय बढी संक्रमित हुने जिल्लाको संख्या १० पुग्यो, यी जिल्लामा भेटिए २ सय बढी संक्रमित
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरमा संक्रमण तीव्र गतिमा फैलिएको छ । काठमाडौं उपत्यकासहित तराई र पहाडका केही जिल्लामा संक्रमितको संख्या ५ सयमाथि नाघेको छ । हालसम्म १७ जिल्लामा दुई सयभन्दा बढी संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पाँच सयभन्दा बढी संक्रमित भेटिने जिल्लाको संख्या १० पुगेको छ । मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सयभन्दा माथि संक्रमित भेटिएका छन् । त्यस्तै सुनसरी, बारा, मकवानपुर,पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कञ्चनपुर र कैलालीमा दुई सयभन्दा बढी संक्रमित भेटिएका छन् ।
सरकारले दुई सयभन्दा धेरै संक्रमित भएका पहाडी जिल्ला र पाँच सयभन्दा माथि संक्रमित भएका तराईका जिल्लाहरुमा निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको छ । काठमाडौ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ भने बाँके लगायतका केही जिल्लाले निषेधाज्ञा गरिसकेका छन् ।
दुई र पाँचसय संक्रमित पुगेका हिमाल, पहाड र तराईका जिल्लाहरूले निषेधाज्ञा गर्ने तयारी गरिरहेका छन् । पछिल्लो तथ्याँकअनुसार काठमाडौंपछि बाँकेमा धेरै संक्रमित भेटिएका छन् । मंगलबार देशभर ४ हजार ५ सय २४ मा कोरोना पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण