मकवानपुरमा सक्रिय संक्रमितको संख्या २ सय नाघ्यो
मङ्गलबार, १४ वैशाख २०७८, १८ : २०
मकवानपुर । पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कुल ८१ जनाको स्वाव परीक्षण गर्दा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले रातोपाटीलाई बताए ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाका गरी कूल ३४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र बारा जिल्लाका ३ जना रहेका छन् । मकवानपुरका यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या २ सय ३५ जना पुगेको छ ।
१ सय ३६ जना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका छन् । उनकाअनुसार पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमणको दर ४७ प्रतिशतले वृद्धि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण