मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा शुक्रबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९२ जनाको स्वाबको नमुना परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिकाका ५९, बागमती गाउँपालिकाका १ र काठमाडौंका १ जना गरी ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा २९ जना महिला र ३२ जना पुरुष रहेका छन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४का रहेका छन् । वडा नम्बर–४ का १५ जनामा संक्रमण पुष्टि भएको चौलागाईंले बताए ।
त्यस्तै हेटौंडा–१, २ र ५ का ६÷६ जना, हेटौंडा–३ का २ जना, हेटौंडा–८ का ८ जना, हेटौंडा–१० का ४ जना, हेटौंडा–११ का ५ जना, हेटौंडा–६, १६ र १७ का १/१ जना, हेटौंडाको वडा खुल्न नसकेका ४ जना र बागमती गाउँपालिका वडा नम्बर ९ का १ जना मा संक्रमण पुष्टि भएको छ । यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ३ सय ८६ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण