धवलागिरी बेसक्याम्पमा हेलिकप्टरसहित मानव अवशेष फेला
काठमाडौं । धवलागिरी हिमाल बेसक्याम्प क्षेत्रमा २ वटा मानव अवशेष फेला परेको छ । नेपाली सेनाको सफा हिमाल अभियान टोलीले बुधबार धवलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका २ वटा मानव अवशेष फेला पारेको हो ।
टोलीले धवलागिरीकै इटाली बेस क्याम्पमा ९ एन एसीआर लेखिएको हेलिकप्टरको अवशेष समेत फेला पारेको छ । सेनाको टोलीले मृतकहरुको पहिचान नखुलेकोले थप छानविन भैरहेको जनाएको छ । फेला परेको हेलिकप्टरको अवशेष भने एयर डाइनेष्टीको रहेको जनाइएको छ ।

उक्त हेलिकप्टर सन् २००६ मा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको सफा हिमाल अभियान टोलीले जानकारी दिएको छ । सगरमाथासहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्धेश्यले थालिएको सो अभियान वैशाख १२ गतेबाट सुरु भएको हो । अभियान टोलीले अहिलेसम्म सो क्षेत्रमा ५, १५४ केजी फोहोर संकलन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण