सिरहामा थपिए १० जना संक्रमित
सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ मा आज एकैदिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कन्याक्ट ट्रेसिङका आधारमा २४ जनाको परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु सवै गोलबजार नगरपालिका ३ का वासिन्दा हुन् । बाँकीको परीक्षण प्रकृयामा रहेको वडा अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए । उनले आफ्नो वडाबाट सङ्कलन गरेको स्वाब मध्ये २४ जनाको मात्र परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय अधिकारीमार्फत जानकारी प्राप्त भएको बताए । ५२ जनाको स्वाव सङ्कलन गरिएकोमा २४ जनाको परीक्षण गरिएको उनले बताए । उनले बाँकीको परीक्षण प्रकृयामा रहेको जनाए ।
कोभिडको दोस्रो लहरपछि सिरहामा यो सहित ६१ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ११ जना निको भइसकेका छन् । तीमध्ये ७ जना आईसोलेशनमा रहेका छन् । त्यस्तै १ जना विराटनगर र अर्को १ जनाको धरानमा उपचार भइरहेको छ । बाँकी होम आईसोलेशनमा रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना गोलबजार नगरपालिकाका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण