शम्भुजित र मन्जुले गाए ‘पार्यो माया जालैमा’
बुधबार, २२ वैशाख २०७८, १० : ४१
लेजेन्ड संगीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा’ सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् ।
शम्भुजितको स्वर दशकौ अगाडिका गीतमा जस्तो थियो यसमा पनि त्यस्तै सुन्न सकिन्छ । रोमान्टिक शैलीमा तयार गीतको शब्द, संगीत र स्वरको मिश्रण एकदमै राम्रो छ ।
गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईको अभिनय देख्न सकिन्छ । कोरस समेत प्रयोग गरिएको भिडियोमा बुद्ध थापाको छायाँकन र नवीन निरौलाको सम्पादन छ ।
दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्साइएको गीत श्रोता तथा दर्शकको रोजाइमा पर्ने गायक तथा संगीतकार शम्भुजितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा