कैलालीमा एकैदिन ३६९ जनामा संक्रमण, चार जनाको मृत्यु
कैलाली । कैलालीमा बिहीबार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा ६५० जनाको पीसीआर परीक्षण गर्दा ३६९ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ७० जना पुरुष र ४७ महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकृत दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेमा कैलालीका ११३ पुरुष र ४८ महिला छन् भने अन्य जिल्लाका ५४ पुरुष ३७ महिला छन् । बिहीबारमात्र आइसोलेसनमा ५८, भेन्टीलेटरमा ३ र आईसीयुमा २० जना भर्ना भएको उनले बताए । अहिलेसम्म अक्सिजन सपोर्टमा २८, भेन्टीलेटरमा ७ जना रहेको उनको भनाइ छ ।
कैलालीमा बिहीबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–६ कैलालीका ५८ वर्षीय पुरुष, बझाङ–१ का ८२ वर्षीय महिला, कैलाली जोशीपुरका ६० वर्षीय पुरुष, कैलाली धनगढी–४ का ८१ वर्षीय पुरुष रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा