शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कारण अभिनेता टी नरसिंहाको निधन

सोमबार, २७ वैशाख २०७८, १३ : ४४
सोमबार, २७ वैशाख २०७८

मुम्बई । अभिनेता तथा प्रस्तोता टी नरसिंम्हा राओको निधन भएको छ । कोरोनाको कारण उनको निधन भएको हो । राओ टीएनआरको नामबाट समेत परिचित थिए । उनको हैदरावादको कलमजगिरीको एक अस्पतालमा निधन भएको हो ।

उनलाई केही समय पहिले कोरोना भएको थियो । कोरोना टिक हँुदै गर्दा उनमा श्वासप्रश्वासको समस्या देखिएपछि  उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको निधन भएको हो । टीएनआरको निधन प्रति थुप्रै स्टारले दुःख ब्यक्त गरेका छन् । टीएनआर छिट्टै अनिल रिवीपुडीको फिल्ममा पनि देखिने तरखरमा थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप