शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको लडाईंमा यी खानेकुराले दिन्छ शरीरलाई ताकत, यस्तो छ डाइट प्लान

सोमबार, २७ वैशाख २०७८, १६ : ३८
सोमबार, २७ वैशाख २०७८

कोरोनाको दोस्रो लहर नथामिँदै भारतमा विज्ञले तेस्रो लहरका लागि चेतावनी दिइसकेका छन् । यो घातक संक्रमणसँग जुध्नका लागि भाइरसको चेन तोड्न अब अत्यावश्यक भएको छ । साथै बिरामीको तीब्र गतिमा निको हुँदा पनि यसले राहत प्रदान गर्नेछ । त्यसैले भारत सरकारले माइगोफइन्डियाको ट्वीटर ह्यान्डलमा सेल्फ आइसोलेशनमा बसेर निको भइरहेका बिरामीका लागि डाइट प्लान सेयर गरेको छ जसले प्रतिरोधी क्षमता वृद्धि गरेर चाँडै निको हुन फाइदा पुर्याउन सक्छ ।

१. सेयर गरिएको डाइट प्लानका अनुसार कोभिड–१९ बिरामीले आफ्नो दिनको सुरुवात भिजाएको बदाम र किसमिसमार्फत् गर्नुपर्छ । बदाम प्रोटिन र आइरनको राम्रो स्रोत हो । त्यसैले यसलाई नियमित रुपमा आफ्नो खानामा समावेश गर्नुहोस् ।

२. कोभिड–१९ का बिरामीले ब्रेकफास्टमा ग्लूटेन फ्री डाइटबाट फाइबरयुक्त डाइटको सेवन गर्नुपर्छ । यस्ता डाइटले हाम्रो पाचन क्रियालाई निकै फाइदा पुर्याउने गर्छ ।

३. खाना खाएपछि सख्खर वा घ्यू खान सिफारिस गरिएको छ । तपाईं रोटीसँग सख्खर वा घ्यूको सेवन पनि गर्न सक्नुहुन्छ । यी दुबै चिजले हाम्रो शरीरभित्र गर्मी पैदा गर्ने काम गर्छ । साथै यसमा प्रतिरोधी क्षमता बढाउने गुणकारी तत्व पनि हुन्छ ।

४. बेलुकाको समयमा साधारण खिचडीको सेवन गर्दा नै राम्रो हुन्छ । यसमा ती सबै पोषक तत्व हुन्छ, जसको आवश्यकता हाम्रो शरीरलाई हुन्छ । यसले झाडापखाला लागेको समयमा पनि बिरामीको समस्यालाई कम गर्न सक्छ ।

५. कोरोना संक्रमित हुँदा आफूलाई हाइड्रेट राख्न निकै आवश्यक छ । सादा पानी बाहेक तपाईं घरमा कागती पानी र मोही आदिको पनि नियमित सेवन गर्न सक्नुहुन्छ । शरीरमा पानीको मात्रा पर्याप्त भएको खण्डमा हाम्रो प्रतिरोधी क्षमता राम्रो हुनेछ ।

६. प्रोटिनयुक्त खानेकुराको सेवन गर्नुहोस् जसले मांसपेशीलाई तीब्र रुपमा निको पार्ने काम गर्छ । तपाईंले कुखुराको मासु, माछा, अण्डा, पनिर, सोयाबिन र बदाम खाने सल्लाह दिइन्छ । यो सबै चिज हाई प्रोटिनको राम्रो स्रोत हो ।

७. दैनिक पाँच रङको फल वा सागसब्जीको सेवन गर्नुहोस् ताकि शरीरमा पर्याप्त भिटामिन र मिनरल्सको कमी पूरा गर्न सकियोस् । विशेषज्ञका अनुसार हरेक रंगको फल–सब्जीमा भिन्न प्रकारको भिटामिन–मिनरल पाइन्छ ।

८. सेल्फ आइसोलेशनमा केही मानिसहरुलाई स्ट्रेस–एन्जाइटीको समस्या हुनसक्छ । यसका लागि उनीहरुले थोरै मात्रामा डार्क चकलेटको सेवन गर्न सक्नुहुन्छ जसमा ७० प्रतिशत कोकोओ हुन्छ ।

९. आफ्नो प्रतिरोधी बढाउनका लागि तपाईंले नियमित रुपमा बेसार हालेको दुधको सेवन गर्नुपर्छ । बेसारमा पाइने एन्टिबायोटिक तत्व शरीरका लागि निकै फाइदाजनक मानिन्छ ।

१०. खाना बनाउनका लागि ओखर, बदाम, तोरी वा ओलिभ ओयलको प्रयोग गर्नु राम्रो विकल्प हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप