गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त
काठमाडौंँ । गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् । कोरोना संक्रमण मुक्त भएपछि उनले लेखेका छन्–‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ ।’
उनले अगाडि लेखेका छन्– ‘विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबैलाई धेरै धेरै धन्यवाद । कोरोना जित्न सकिन्छ । यो आत्मविश्वास बाँड्न चाहन्छौ ।’ सपुतले आफ्नो आमा भने अझै कोरोनासँग जुधिरहेको समेत बताएका छन् । उनले अगाडि भनेका छन्, ‘आमाले पनि कोरोना जित्नुहुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ ।
भावनात्मक हिसाबले यो तस्विर निकै पीडादायी छ । सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौं !’ सपुतको गत वैशाख १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी)मा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण