भीमेश्वर नगरपालिकाद्वारा कोरोनाबाट सङ्क्रमितलाई निःशुल्क उपचारको घोषणा
बुधबार, २९ वैशाख २०७८, १९ : ०८
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकाले कोरोनाबाट सङ्क्रमित नगरवासीलाई निःशुल्क उपचार तथा पोषण र एम्बुलेन्स खर्च गरी जनही रु दश हजार दिने निर्णय गरेको छ । नगरभित्रका नागरिक सङ्क्रमित भएमा रु दुई हजार पोषण खर्च र बिरामीलाई अन्य स्थानमा लैजानुपरे रु आठ हजार एम्बुलेन्स खर्च दिने निर्णय भएको नगरप्रमुख भरतबहादुर केसी जानकारी दिए ।
यस्तै कोरोनाबाट नागरिकको मृत्यु भएमा मृतक परिवारलाई सामाजिक कार्य गर्न रु १५ हजार दिइनेछ । सो नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित चरीकोट अस्पतालमा हाल चालीस शैय्याको आईसोलेशन कक्ष निर्माण गरिएको छ । कोभिड–१९ को दोस्रो लहरबाट नगरपालिका ९५ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर