रातो मच्छिन्द्रनाथको रथारोहण, १७ तस्बिरमा हेर्नुहोस्
ललितपुर । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मुर्तिलाई आज रथमा राखिएको (रथारोहण) छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार आज रथारोहण गरिएको हो ।
लोकेश्वर समेत भनिने रातो मछिन्द्रनाथको मुर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा पर्व सुरु भएको मानिन्छ । नेपालमा मनाइने जात्रा मध्येको लामो जात्रा मानिने मछिन्द्रनाथको जात्रा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि सांकेतिक हुनेछ । काठमाडौँ उपत्यकामा फैलिँदै गइरहेको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले तोकेको मापदण्ड अपनाउँदै मछिन्द्रनाथको रथ तयार गरिएको छ ।
मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन अनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ । पञ्चाङ्ग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ । मूर्तिलाई रथमा राखेको तीन दिनमा सक्खरको सर्वत खुवाएर पुल्चोकमा राखिन्छ ।
त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ । मछिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार त्यस पछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ । जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
-
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने
-
बीवाईडी एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङको नेपाल भ्रमण सम्पन्न
-
संवैधानिक परिषद् सम्बन्धी विधेयक : प्रधानमन्त्रीलाई निर्णायक बनाउन किन चाहन्छन् माओवादी र कांग्रेस
-
मधेसी फोरमदेखि जसपासम्म : सात पटक फुट, उपेन्द्र यादव ‘अबुझ’