नेपाली जनसम्पर्क समिति साउदीको सभापतिमा थापा
काठमाडौं । नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा तुसङबहादुर थापा (अर्जुन थापा) निर्वाचित भएका छन् । कोरोना महामारीका कारण जुम प्रविधिमार्फत गरिएको दोस्रो अधिवेशनमार्फत थापा समिति सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।
यस्तै समितिको वरिष्ठ उपसभापतिमा द्वारिकाराज गिरी चयन भएका छन् भने उपसभापतिमा पदमप्रसाद पाण्डे चयन भएका छन् । यसैगरी समितिको महामन्त्रीमा सुरेशराज त्रिपाठी, कोषाध्यक्षमा अरुण बेल्बासे, सहमहामन्त्रीमा सुजनसेर राई चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा पोपाल पंगेनी, नरेश सापकोटा, कृष्ण भुसाल, पदमबहादुर महता, सूर्यमणि पाण्डे, कल्पना बस्नेत पोख्रेल, बुद्धिमान घले, भीमबहादुर विश्वकर्मा र तुल्सीराम दुवाल चयन भएका छन् । अधिवेशनले महासमिति सदस्यमा तुसुङबहादुर थापा, दीपक रेग्मि र द्वारिकाराज गिरीलाई चयन गरेको छ भने महाधिबेशन प्रतिनिधिमा क्रमशः सुरेशराज त्रिपाठी, प्रमोद लामिछाने, पुरुषोत्तम खनाल र नमराज लामिछानेलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण