बन्चरो प्रहार गरेर छोराले गरे बाबुको हत्या
सुर्खेत । दैलेखमा बन्चरो प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन् । शुक्रबार दिउँसो १ बजेको समयतिर डुङगेश्वर गाउँपालिका ६ स्थित डुङगेश्वर बजारमा बस्ने वर्ष २१ को विकास बुढाले आफ्नै सहोदर बुवा वर्ष ४७ को नकुल बुढालाई टाउकोको पछाडि र ढाडमा बन्चरो प्रहार गरेका थिए ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाको स्थानीय मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ। उक्त घटनाको अनुसन्धानका लागि माथिल्लो डुङगेश्वरको प्रहरी टोलीले विकासलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ईन्द्रजीत सुनारका अनुसार नकुल मदिरा सेवन गरेर श्रीमतीलाई कुट्ने गर्दथे । आमाले छोरालाई तेरो बुबाले मलाइ यसो गरे भन्दा रिसको आवेगमा आएर छोराले बञ्चरो प्रहार गरेको बुझिएको छ । यसबारे थप अनुसन्धान हुँदैछ’ उनले रातोपाटीलाई भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी