शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अबदेखि निक्षेपको ब्याज परिवर्तन गर्दा ग्राहकलाई जानकारी गराउनुपर्ने

मङ्गलबार, ०४ जेठ २०७८, १६ : १५
मङ्गलबार, ०४ जेठ २०७८

अबदेखि  बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज परिवर्तन गर्दा ग्राहकलाई जानकारी गराउनु पर्ने भएको छ। यसअघि ऋणको मात्र ब्याज परिवर्तन हुँदा जानकारी गराइने व्यवस्था थियो । 
चालु बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप र कर्जाको ब्याज दर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था गरिने बताएका छन् । अहिले बैंकहरुले मासिक रुपमा ब्याज पत्रपत्रिका तथा बैंककै  वेवसाइटमा प्रकाशित गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप