सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुनसरीको इनरुवा नगरपालिकास्थित मेहता टोल सिल

बुधबार, ०५ जेठ २०७८, १७ : ५८
बुधबार, ०५ जेठ २०७८

सुनसरीको इनरुवा नगरपालिका वडा नं २ स्थित मेहता टोल सिल गरिएको छ । सो टोलका प्रत्येक घरमा कोरोना संक्रमित फेला परेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सिल गरेको हो  । इनरुवा नगरपालिकाको सिफारिशमा कोरोना संकट व्यवस्थापन समितको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि मेहता टोल सिल गर्ने निर्णय गरेको हो ।

इनरुवाका मेयर राजन मेहताले मेहता टोलमा पाँच सय घर धुरी रहेकामा पुरै बस्तीका पुरै घरमा संक्रमित फेला परेपछि अर्को आदेश नभएसम्मको लागि मेहता टोल सिल गरिएको बताए । कोरोना संक्रमणको उच्च जोखिम रहेकोले उक्त क्षेत्रलाई सिल गरि चिकित्सको टोली त्यहाँ परिचालन गरिएको छ ।

‘करिब ५ सय हाराहारीमा घरधुरी रहेकोमा १५ सय जनसंख्या मेहता टोलमा रहेको छ’मेयर मेहताले भने,‘१ सय जनाको पिसीआर परीक्षण गर्दा ७० बढीमा कोराना संक्रमण देखिएको छ।’ त्यहाँ बस्तीका १ सय बढी मानिस होम आइसोलेसनमा छन्। लगभग घरैपिच्छे संक्रमित भएकोले स्थिति भयावह रहेको मेयर मेहताले बताए।

उनले मेहता टोललाई सिल गरी तत्काल चिकित्सको टोली होम आइसोलेसनमा बसेकालाई बुझ्दै, परामर्श गर्ने, साह्रो भएकालाई रिफर गर्ने काम भइरहेको छ ।  त्यो क्षेत्रका धेरै मानिस संक्रमित भई धरान विराटनगरमा अस्पतालमा उपचाररत रहेको भन्ने जानकारी पनि आएको मेयर मेहताले बताए ।

इनरुवा नगरपालिका कार्यालयका अनुसार उक्त क्षेत्रमा कोरोना संक्रमणबाट यसअघि २ जनाको मृत्यु भइसकेको छ । आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण  मृत्यु हुनेको संख्या तीन  पुगेका छ ।

अवस्था हेरेर सिल गर्ने अधिकार स्थानीय तहलाई 

सुनसरीको डिसिसिएमसी बैठकले संक्रमण जोखिमको अवस्था हेरेर चार किल्ला तोकेर सिल गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । आज बसेको डिसिसिएमसी बैठकले गरेको उक्त निर्णय जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरूलाई कार्यान्वयन गर्न पत्राचार गरिसकेको छ। 

प्रशासनको पत्रअनुसार जुनसुकै क्षेत्रमा कोरोना संक्रमणको जोखिम देखिएको अवस्थामा तत्काल न्युन गर्न सो क्षेत्रलाई सिल गर्न सकिनेछ । त्यसको लागि स्थानीय तहले प्रहरीको सहयोग लिएर चार किल्ला उल्लेख गरेर निश्चित अवधि तोकेर सिल गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप