युरोपियन फुटबल खेल्ने लिभरपुलको आशा कायम, स्पर्सलाई धक्का
लिभरपुलले बर्नलीलाई पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ । बुधबार प्रिमियर लिगमा लिभरपुलले ३–० को जीत निकाल्न सफल भएको हो ।
लिभरपुलको जीतमा रोबर्टो फर्मिन्हो, नाथानायल फिलप्स र एलेक्स ओक्सालेड च्याम्बर्लिनले एक–एक गोल गरे । जीतपछि लिभरपुल गोलअन्तरको आधारमा लेस्टर सिटीलाई उछिन्दै लिगको चौथो स्थानमा उक्लिएको छ । दुवै टोलीको समान ६६ अंक रहेको छ ।
लिभरपुलका म्यानेजर याेर्गन क्लपले बर्नलीविरुद्धको खेललाई सेमिफाइनलको संज्ञा दिँदै आइतबार क्रिस्टल प्यालेसविरुद्धको खेल फाइनलजस्तै हुने बताए । १० हजार समर्थकसामु लिभरपुलले रोय हडसनको टोलीलाई एनफिल्डमा आतिथ्य गर्नेछ ।
उता, टोटनह्याम हटस्पर्सको युरोपियन फुटबल खेल्ने सपनामा धक्का लागेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लाले स्पर्सलाई २–१ गोलले हरायो ।
स्टेभन बर्गविनले स्पर्सलाई खेलको शुरुवातमा नै अग्रता दिलाए पनि सर्जियो रेगुलियनले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । ३९ औँ मिनेटमा ओली वाटकिस्नले विजयी गोल गरे । पराजयपछि टोटनह्याम लिगको सातौँ स्थानमा खस्किएको छ ।
बुधबार नै भएका अन्य खेलमा एभर्टनले वुल्भ्सलाई १–० गोलले हरायो । रिचार्लिसनले गोल गर्दै अर्को सिजन युरोपियन फुटबल खेल्ने सम्भावनालाई कायम राखेका छन् ।
उता, आर्सनलले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो । आर्सनलको जीतमा निकोलास पेपेले दुई गोल गरे भने ग्याब्रियल मार्टिनेलीले एक गोल गरे । क्रिस्टियन बेन्टेकेले प्यालेसका लागि एक मात्र गोल गरे । आर्सल लिगको नवौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न