भन्सार एजेन्टको परीक्षा स्थगित
शुक्रबार, ०७ जेठ २०७८, १० : ३४
भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्ट छनौटको लिखित परीक्षा स्थगित भएको जनाएको छ ।
कोभिड-१९ बाट सृजित असामान्य परिस्थितीको कारण लिखित परीक्षा स्थगित गर्नु परेको विभागले भनेको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि लिखित परीक्षा स्थगित गरिएको छ । भन्सार विभागले अर्को परीक्षा हुनुभन्दा कम्तीमा १५ दिन अगाडी सूचना गोरखापत्र दैनिक र विभागको वेबसाइटमा प्रकाशन गर्ने पनि जनाएको छ ।
६ सय ६० जना भन्सार एजेन्टको लागि परीक्षा जेठ २२ गते तोकिएको थियो । भन्सार विभागले २० वर्षपछि नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण