आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी मेडिकल र मणिपाल अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने

शुक्रबार, ०७ जेठ २०७८, १२ : २४
शुक्रबार, ०७ जेठ २०७८

पोखरा । पोखराका थप दुईवटा अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् । पोखराको नयाँ बजारस्थित रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालले संक्रमितको निःशुल्क उपचार गर्न सरकार सँग सम्झौता गरेका छन् ।  यसअघि पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार गरिँदै आएको थियो । सरकारले बुधबार देशका विभिन्न ठाउँका ३० वटा कोरोना भाइरस केयर युनिट सञ्चालनका लागि अस्पतालसँग सम्झौता गरेको हो । यी अस्पतालले  पहिले कोरोना संक्रमितको सशुल्क उपचार गर्दै आएका थिए ।

यसका लागि सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सयदेखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  गण्डकी मेडिकल कलेजले सरकारसँग कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गर्ने सहमति गरेपछि अस्पतालमा आवश्यक तयारी थालिएको कलेजकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.टुमाया घलेले जानकारी दिइन् ।

सरकारसँगको सम्झौतामा जटिल अवस्थाका बिरामीको उपचारमा एक दिनमा १५ हजारभन्दा बढी खर्च लागेको अवस्थामा त्यो थप रकम बिरामीले तिर्नुपर्ने गरि सम्झौता भएको डा.घलेले बताइन् ।  उनकाअनुसार सरकारले सामान्य अवस्थाको कोरोना बिरामीको लागि ३ हजार ५ सय, मध्यम अवस्थाको बिरामीको ७ हजार ५ सय र जटिल प्रकारको बिरामीका लागि १५ हजार दैनिक रुपमा  बेहोर्ने गरी सम्झौता भएको बताइन् । तर जटिल प्रकारको विरामीका लागि अक्सिजनको मात्रा, रेमडेसिभिर लगायतका महङ्गो औषधीको प्रयोग गर्नुपरेको अवस्थामा १५ हजार सरकारले बेहोर्ने भएपनि त्यसभन्दा माथि लागेको खर्च बिरामी आफैंले तिर्नुपर्ने उनको भनाई छ । डा.घलेले अधिकांश गम्भिर खालका बिरामीहरु अस्पतामा आउने गरेको बताइन् । ‘हाम्रो अस्पतालमा आउने अधिकांश बिरामी गम्भिर खालका छन्’ उनले भनिन् । ‘गम्भिर खालका बिरामीलाई दैनिक १५ हजारको खर्चले उपचार पुग्दैन, त्यसका लागि कुन औषधि प्रयोग हुन्छ । त्यसअनुसार थप रकम आवश्यक पर्छ । त्यो बिरामीले तिर्नुपर्छ ।’

उनले अस्पतालमा अहिले ५६ आइसियु बेड र १९ वटा भेन्टिलेटर रहेको बताइन् । उनले अहिलेसम्म अस्पताल आएका कुनै पनि बिरामीलाई फिर्ता नपठाएको दावी गरिनन् । ‘हाम्रो टिचिङ अस्पताल भएकाले अस्पताल आउने सबै खालका विरामीका उपचार गर्दै आएका छौं’ उनले भनिन् । ‘अस्पतालमा उपचार गराउन आएका कुनै पनि बिरामीलाई अहिलेसम्म फिर्ता पठाएका छैनौं, सबैको जेनतेन उपचार गर्दै आएका छौ ।’ डा.घलेले पछिल्लो समयमा धेरै औषधिको अभाव भएको र औषधिजन्य सामग्रीमा अस्वभाविक मूल्य बृद्धि भएकाले समस्या भएको बताइन् ।

गण्डकी मेडिकल कजेजमा आइसियू १ सयभन्दा बढी संक्रमितको उपचार हँुदै आएको छ । हाल अस्पतालको आइसियुमा ५६ जना, एचडियुमा १५ जना, क्याबिनमा ३ जना र आइसोलेसन बेडमा समेत बिरामी भर्ना भएका छन ।
त्यसैगरी मणिपाल शिक्षण अस्पतालले समेत सशुल्क उपचार गर्दै आएकामा सरकारसँगको सम्झौतापछि संक्रमितको निःशुल्क उपचार गर्ने तयारी थालेको छ । अस्पतालले कोरोना संक्रमितका लागि ७७ बेड छुट्टयाएको भएपनि हाल जम्मा ४५.४५ जना बिरामीको मात्र उपचार गर्दै आएको छ । सरकारसँगको सम्झौतापछि अस्पतालले सबै बेडमा संक्रमित राख्नेगरी तयारी आगाडि बढाएको जनाएको छ ।
सरकारले जिएमसी र मणिपालसँगै देशभरका अरु अस्पतालहरूसँग पनि कोरोनाको निःशुल्क उपचार गर्ने सहमति गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप