जनमोर्चाका सांसद कृष्ण थापा साधारण सदस्यबाटै निष्काशित
पोखरा । जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले थापालाई केन्द्रीय समिति सदस्य लगायत सबै जिम्मेवारीबाट निष्काशन गरेको हो । उनी पार्टीको केन्द्रीय सदस्य र गण्डकी प्रदेश सभामा सदस्य समेत रहेका थिए । सांसद थापालाई पहिलो चरणमा १ वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको सो पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए ।
उनले पार्टी निर्देशन उल्लंघन गरी पार्टीको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेकाले कारवाही गरिएको उनले बताए । सांसद थापालाई सांसद पदबाट भने निलम्बन गरिएको छैन । पार्टीको ह्वीप विपरित काम गरेका उनलाई दलको नेताबाट पहिले नै हटाइएको थियो ।
पहिलो चरणमा पार्टी सदस्यबाटै निलम्बन गरिएको र आगामी दिनमा पुनः पार्टीको निर्देशन उल्लंघन गरिएको अवस्थामा सांसदबाट समेत हटाइने बताइएको छ । जनमोर्चाले गण्डकीमा सरकारका विरुद्ध दुई वा दुई भन्दा बढी दललाई समर्थन गर्ने निर्णय गरेको बेला सांसद थापाले पार्टी निर्देशन विपरित हस्ताक्षर गर्न अस्वीकार गरेको र पार्टी प्रतिष्ठामा आँच आउने कार्य गरेकाले कारवाही गरिएको जनाएको छ ।
गत वैशाख २९ गते पार्टीको निर्देशन विपरित थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्दै उनीविरुद्धको गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । गण्डकीमा सरकार बनाउन र ढाल्न जनमोर्चाका ३ मत निर्णायक हुन्छ । प्रदेशमा ६० सांसद रहेकामा मुख्यमन्त्रीका पक्षमा २८ मत छ । बहुमतका लागि ३१ मत चाहिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण