मन नेपालमै छः प्रेमराजा महत
तनहुँ– कुनै समय चर्चामा थिए प्रेम राजा महत । जताततै उनकै त्र चर्चा चल्थ्यो । तर समयको परिवर्तन सँगै उनी अमेरिका लागे । जति सम्मान र प्रख्यात थिए उनी नेपालमा त्यहाँ त्यस्तो हुन सकेन । आफ्नो देशमा जति माया र सद्भाव पाउथे तर त्यहाँ भने पाउन नसकेको उनले सुनाए । तनहुँको ढोरफिर्दिमा जन्मेका गायक आफ्नै जन्मभुमि तनहुँ को सदरमुकाम दमौलीमा सम्मानित भएका छ्न् ।
लामो समय अमेरिका बसेर दसैं तिहारको लागि नेपाल आएका उनी शनिवार दमौलीको खुल्ला मैदानमा आयोजित सम्मान कार्यक्रममा भेटिए ।
कलाकार संघ तनहुँले सम्मान गरेको कार्यक्रममा उनले आफू सम्मानित हुन पाएकोमा खुशी व्यक्त गरे ।
जहाँ बसे पनि आफूले नेपालको मायालार्इ कहिल्यै नभुल्ने र नेपालको बारेमा सकारात्मक सन्देश दिने गरेको उनले बताए ।
विदेशी भूमिमा आफू गएपनि आफ्नो मन भने नेपालमै रहेको बताए । आफ्नो भाषा संस्कृति र विभिन्न लोक भाकाहरु जसरि नेपालमा देख्न सुन्न र डुब्न पाइन्थ्यो त्यो अनुभव यहाँ भने गुमाउनु परेको उनले सुनाए ।
उनले आफ्नो देशमा नै कला संस्कृति र परम्पराको जगेर्ना गर्न आवस्यक रहेको बताए । पहिले पहिले जस्तो भेषभुषा र परम्पराका लोक गितहरु हराउन दिन नहुने बताए । समयको परिबर्तन सगै विभिन्न थरिका गीत हरु निकाल्न थालेपनि आफ्नो मौलिक सस्कृती झल्किने गीतहरु लाई भने कसैले बिर्सन नहुने उनले जोड दिए ।
दर्जनौ संख्यामा गीतहरु सिर्जना हरेका गाएक बिदेशमा रहेपनि नेपालको चिन्ताले सताउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा ९ जना सम्मानित
-
नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अध्यक्षमा पाण्डे
-
ब्याडमिन्टन सङ्घ कञ्चनपुरको अध्यक्षमा भट्ट
-
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
-
भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने
-
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा