मन नेपालमै छः प्रेमराजा महत
तनहुँ– कुनै समय चर्चामा थिए प्रेम राजा महत । जताततै उनकै त्र चर्चा चल्थ्यो । तर समयको परिवर्तन सँगै उनी अमेरिका लागे । जति सम्मान र प्रख्यात थिए उनी नेपालमा त्यहाँ त्यस्तो हुन सकेन । आफ्नो देशमा जति माया र सद्भाव पाउथे तर त्यहाँ भने पाउन नसकेको उनले सुनाए । तनहुँको ढोरफिर्दिमा जन्मेका गायक आफ्नै जन्मभुमि तनहुँ को सदरमुकाम दमौलीमा सम्मानित भएका छ्न् ।
लामो समय अमेरिका बसेर दसैं तिहारको लागि नेपाल आएका उनी शनिवार दमौलीको खुल्ला मैदानमा आयोजित सम्मान कार्यक्रममा भेटिए ।
कलाकार संघ तनहुँले सम्मान गरेको कार्यक्रममा उनले आफू सम्मानित हुन पाएकोमा खुशी व्यक्त गरे ।
जहाँ बसे पनि आफूले नेपालको मायालार्इ कहिल्यै नभुल्ने र नेपालको बारेमा सकारात्मक सन्देश दिने गरेको उनले बताए ।
विदेशी भूमिमा आफू गएपनि आफ्नो मन भने नेपालमै रहेको बताए । आफ्नो भाषा संस्कृति र विभिन्न लोक भाकाहरु जसरि नेपालमा देख्न सुन्न र डुब्न पाइन्थ्यो त्यो अनुभव यहाँ भने गुमाउनु परेको उनले सुनाए ।
उनले आफ्नो देशमा नै कला संस्कृति र परम्पराको जगेर्ना गर्न आवस्यक रहेको बताए । पहिले पहिले जस्तो भेषभुषा र परम्पराका लोक गितहरु हराउन दिन नहुने बताए । समयको परिबर्तन सगै विभिन्न थरिका गीत हरु निकाल्न थालेपनि आफ्नो मौलिक सस्कृती झल्किने गीतहरु लाई भने कसैले बिर्सन नहुने उनले जोड दिए ।
दर्जनौ संख्यामा गीतहरु सिर्जना हरेका गाएक बिदेशमा रहेपनि नेपालको चिन्ताले सताउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
-
पोखराको पर्यटन प्रवर्द्धन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण