अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
सारांश
- अबदेखि सरकारी तथा निजी अस्पतालहरूले विपन्न नागरिकहरूलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने भएको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्ग उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन ) कार्यविधि २०८३ कार्यान्वयनमा ल्याएसँगै यो व्यवस्था लागू भएको हो ।
- अस्पतालले कुल स्वीकृत शैयाको कम्तीमा १० प्रतिशत विपन्नका लागि छुट्याउनुपर्ने र उनीहरूले शैया, परामर्श, शल्यक्रिया, परीक्षण र औषधिलगायत सम्पूर्ण उपचार निःशुल्क पाउनेछन् ।
काठमाडौँ । अबदेखि सरकारी तथा निजी अस्पतालहरूले विपन्न नागरिकहरूलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक विपन्न नागरिकलाई लक्षित गर्दै लक्षित वर्ग उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन ) कार्यविधि २०८३ कार्यान्वयनमा ल्याएसँगै शैयासहित सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने भएको हो।
अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा दश प्रतिशत शैया लक्षित वर्गको निःशुल्क उपचारका लागि अनिवार्य रूपमा छुट्याएर राख्नुपर्ने हुन्छ ।
यसरी छुट्याइएको निःशुल्क शैयामा भर्ना हुने बिरामीलाई सशुल्क शैयामा उपचार गराइरहेको बिरामी सरह नै शैया, चिकित्सक परामर्श, शल्यक्रिया, परीक्षण र उपचारमा आवश्यक पर्ने औषधी लगायत कुनै पनि सेवामा शुल्क नलाग्ने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले बताए ।
मन्त्रालयले बुधबार लक्षित वर्ग उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन ) कार्यविधि २०८३ सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण